काठमाडौं, २६ असार । नेपाली यू–१९ राष्ट्रिय टोलीका पूर्वकप्तान रित गौतमले न्युजिल्याण्डको घरेलु प्रतियोगिता ‘बेवाइड प्रिमियर क्रिकेट’ खेल्ने भएका छन् ।

रितलाई अकल्याण्डको गिजर सिटी क्रिकेट क्लबले आइतबार ६ महिनाको लागि अनुबन्ध गरेको जनाएको हो ।

गिजर सिटी क्रिकेट क्लबमा न्युजिल्याण्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्डलगायतका खेलाडी छन् ।

रित नेपालका लागि उमेर समूहमा दुई अन्तर्राष्ट्रिय शतक प्रहार प्रहार गर्ने एक्ला खेलाडी हुन् । उनले सन् २०१९ मा नेपालको यू–१९ टोलीको कप्तानी गरेका थिए ।

रितले सन् २०१९मा एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध ११५ तथा २०१७ मा यू–१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध अविजित १०६ रनको पारी खेलेका थिए ।

उनले विभागीय टोली एपिएफबाट नेपालको घरेलु प्रतियोगिता खेल्ने गर्छन् ।