काठमाडौं, २६ असार । नेपालमा पछिल्लो २४ घण्टामा १२१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

हाल देशभर ४७१ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा अहिले ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइसोलेसन र ७ जना आईसीयूमा छन् । एक जनाको भने भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।