मावि तहको लागि शिक्षक सिफारिस

काठमाडौं, २६ असार । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, द्वितीय श्रेणी (विज्ञापित कास्की जिल्ला बाहेक) शिक्षक पदको लागि सिफारिस गरेको छ ।
आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा विभिन्न जिल्लाहरुको लागि बढुवा सिफारिस गरेको जनाएको छ ।
अन्र्तवार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


