एजेन्सी, २३ असार । आयोजक इंग्ल्याण्डले महिला युरोकपमा विजयी शुरुवात गरेको छ ।

ओल्ड ट्राफोर्डमा गएरातिको उद्घाटन खेलमा अस्ट्रियालाई १–० ले हराउँदै घरेलु टोलीले विजयी शुरुवात गरेको हो ।

खेलको १६ औं मिनेटमा बेथ मिडले गरेको एक मात्र गोल इंग्ल्याण्डलाई जित दिलाउन पर्याप्त बन्यो । उनले फ्रान किर्बीको पासलाई सदुपयोग गरेकी थिइन् ।

यो जितसँगै समूह ‘ए’ को इंग्ल्याण्डले तीन अंक जोड्दा अस्ट्रियाले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।