काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि

काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।
कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।
उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


