काठमाडौं, २३ असार । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ५०८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।