सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

सिरहा, २३ असार । सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
जिल्लाको सिरहा नगरपालिका–१२ मा बिहिवार बालज्योती इङ्गलिश बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा परेर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


