चुरोट पिएको हिन्दु देवी कालीको पोस्टरलाई लिएर एफआईआर दर्ता

एजेन्सी, २१ असार । हिन्दु देवी कालीको पहिरन लगाएकी महिलाले चुरोट पिइरहेको पोस्टर र भिडियोलाई लिएर विवाद चर्किएको छ ।
अब दिल्ली र उत्तर प्रदेश प्रहरीमा यस मामिलामा उजुरी दर्ता भएको छ । उत्तर प्रदेश पुलिसले फिल्म निर्माता लीना मणिमेकलाई विरुद्ध आपराधिक षड्यन्त्र, जानाजानी धार्मिक भावनामा चोट पुर्याउने, शान्ति भङ्ग गर्ने अभियोगमा मुद्दा दर्ता गरेको हो ।
यो मुद्दा लखनऊको हजरतगञ्जमा दर्ता भएको हो । एसीपी अखिलेश सिंहले बीबीसीसँगको कुराकानीमा एफआईआरको पुष्टि गरेका छन् । उही समयमा, राजधानी दिल्लीको पुलिसको आईएफएससी इकाईले पनि आईपीसीको धारा १५३ए र २९५ए अन्तर्गत एफआईआर दर्ता गरेको छ ।
लीना मणिमेकलाईले जुलाई २ मा आफ्नो फिल्म ‘काली’ को पोस्टर ट्विट गरेकी थिइन् । उनका अनुसार यो एक प्रदर्शन वृत्तचित्र हो ।
सोमबार क्यानडास्थित भारतीय उच्चायोगले पनि उक्त पोस्टरको विरोध गरेको थियो । क्यानडा बाहेक भारतमा पनि यो पोस्टरको विरोध भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


