अमेरिकाको नाइट क्लबमा गोली चल्यो, तीन जनाको मृत्यु

एजेन्सी, २१ असार । अमेरिकाको इन्डियाना राज्यस्थित ग्यारीमा एउटा नाइट क्लबमा गोली चलेको छ । घटनामा १० जनालाई गोली लागेको थियो जसमध्ये तीन जनाको मृत्यु भएको छ ।
मारिनेमा एक पुरुष र दुई महिला रहेका छन् । ग्यारी प्रहरीले बिहान १२ बजेर ४६ मिनेटमा गोली चलेको जानकारी प्राप्त गरेको बताएको छ । घाइते ७ जनालाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । यो वर्ष अमेरिकामा भएको सामुहिक गोलीबारीको २६३ औँ घटना हो ।
सोमबार मात्र अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा आयोजित परेडमा गोली चलेको थियो। घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। घटनामा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


