उपसभामुख देवको संयोजकत्वमा ८ सदस्यीय छानविन समिति गठन

जनकपुरधाम, २० असार । मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय छानविन समिति गठन गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानविनका लागि समिति गठन गर्न माग गरेपछि सभामुख यादवले उपसभामुख देवको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
लोसपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आवाज प्रदेश सभामा उठाएपछि सभामुख यादवले १५ दिन भित्र प्रतिवेदन पेस गर्ने गरि संसदीय समितिको संयोजकमा उपसभामुख देवलाई चयन गरेका हुन् ।
समितिको सदस्यहरुमा प्रदेश सभा सदस्यहरु विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह रहेका छन् ।
समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको तालालगायतका विषयमा अनुगमन तथा छानविनका गरि १५ दिनमा प्रदेश सभामा प्रतिवेदन पेस गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


