सर्बियन स्टार जोकोभिच टेनिस प्रतियोगिताको चौंथो चरणमा प्रवेश

एजेन्सी, १८ असार । सर्बियन स्टार नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको चौंथो चरणमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा आफ्नै देशका मिओमिर किचमानोभिचलाई ३–० ले हराउँदै जोकोभिचले चौंथो चरणमा स्थान सुरक्षित गरेका हुन् ।
साविक विजेता जोकोभिचले खेल ६–०,६–३ र ६–४ ले आफ्नो पक्षमा पारे । अब उनले डच खेलाडी टिम भान रिजथोभेनको सामना गर्नेछन् ।
टिम जर्जियाका निकोलोज बासिलासभिलीलाई ६–४,६–३ र ६–४ ले हराउँदै चौथो चरणमा पुगेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


