एजेन्सी, १८ असार । लिभरपुलका फरवार्ड मोहम्मद सलाहले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

प्रिमियर लिग क्लबले सलाहले सम्झौता नवीकरण गरेको जनाएको हो ।

३० वर्षिय इजिप्टयन फरवार्डले थप तीन वर्ष एनफिल्डमै रहने गरि सम्झौता नवीकरण गरेका हुन् । अब उनी २०२५ सम्म लिभरपुलमै रहने छन् । २०१७ मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका सलाहले क्लबका लागि २५४ खेलमा १५६ गोल गरेका छन् ।

उनले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूइएफए सुपर कपको उपाधि जितेका छन् ।