तामाङ भाषाको चलचित्र ‘दार्बुङ’को ट्रेलर सार्वजनिक

काठमाडौं, १८ असार । स्व. जयनन्द लामा अभिनित अन्तिम चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ ।
काठमाडौंको बौद्धस्थित मःम प्लाजामा ‘दार्बुङ’ चलचित्रको ट्रेलर सार्वजानिक तथा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराइएको हो । चलचित्र ‘दार्बुङ’ स्व. जयनन्द लामाको अन्तिम तामाङ चलचित्र हो ।
कार्यक्रमका प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले हलमा जाने चलचित्र निर्माण गर्न नसकेको र हलले तामाङ चलचित्र नलिएको अफवाह फैलाएको बताए । उनले भाषिक चलचित्र बनाउन चुनौती रहेको बताए ।
हुत्त सञ्जय र अर्जुन खड्काद्वारा निर्देशित चलचित्र ‘दार्बुङ’मा सुरज श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन खड्काको सम्पादन, दीपक तामाङको
मिक्सिङ, प्रज्वल राउतको छायांकन, कर्साङ लामाको पार्श्व संगीत छ । निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको उक्त चलचित्रलाई पर्खाई मोक्तानले सह–निर्माण गरेका हुन् ।
उक्त चलचित्रमा नायक हुत्त सञ्जय लामा र नायिका सुनिता लुङ्वाको मुख्य अभिनय समेटिएको छ । त्यसैगरी मानबहादुर तामाङ, करेशा वाइवा, सुस्मिता तामाङ, राम तामाङ, सुनमाया तामाङ सिर्जना गोले, डोमो ह्योल्मो, पेमा योञ्जन तामाङ, दीपेश लामा, रुदेन माझी, हिरन माझी, क्रिष्टल मगर, मायादेवी मोक्तान, भुइसाल लामा, राजकुमार तामाङ, इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तानलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
चलचित्र समावेश गरेको गीतलाई सम्झना लामा र बुद्ध ब्लोन तामाङले लेखेका हुन् भने कर्साङ लामाको संगीत रहेको छ भने बबिता पाख्रिन, पूजा लामा, आकाश ब्लोन, कार्साङ लामाको आवाज रहेको छ ।
उक्त पत्रकार सम्मेलनमा पत्रकार, समाजसेवी एंव कलकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने जयनकुमार लामाले गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


