काठमाडौं उपत्यकामा थप तीनजनामा हैजा पुष्टि

काठमाडौं, १८ असार । काठमाडौं उपत्यकामा थप तीनजनामा हैजा पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीनजनामा हैजा पुष्टि भएको हो ।
असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको छ ।
हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जीवाणु भेटिएको पुष्टि भएको छ ।
योसँगै काठमाडौं उपत्यकामा हैजा पुष्टि हुनेको संख्या २० पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


