जसपा नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने

पर्सा, १८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ ।
बैठक असार २७ र २८ गेका लागि बोलाइएको जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उनले पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको बताए । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, संगठन सुदृढीकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।
पछिल्लो समय संघीय परिषद् अध्यक्षसमेत रहेका डाक्टर बाबुराम भट्टराई पक्ष जसपाभित्र असन्तुष्ट छ । भट्टराई करिब पार्टीबाट अलग हुने स्थितिमा पुगेका छन् भने अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई स्वकार गर्न नसक्ने भए अलग हुन सन्देश दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


