महोत्तरी, १८ असार । नेकपा माओवादी केन्द्र महोत्तरीको चुनावी समीक्षा सुरु भएको छ ।

शनिबारदेखि बर्दिबास नगरपालिकाबाट निर्मम समीक्षा अगाडि बढाइएको जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए ।

निर्वाचनको विषयलाई लिएर दुइपक्षबीच वढदै गएको दुरीलाई ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भीर समीक्षा सुरु गरेको हो ।

अघिल्लो निर्वाचनमा जितेका पालिकाहरू गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाई समेत गुमाएको माओवादीले पराजित हुनुको विषयमा गहन समीक्षा अगाडि बढाएको संयोजक ढुंगनाले जानकारी दिए ।

बर्दिबासको माइस्थानस्थित पन्चधुरा पार्टी प्यालेसमा बर्दिबास नगरपालिकाको समीक्षा सुरु भएको छ ।