जनकपुरधाम, १७ असार । कैरियर ड्रिम एजुकेशन कन्सल्टेन्सीले जनकपुरधाममा शनिबार १० औँ बृहत् भारतीय शैक्षिक मेलाको आयोजना गर्न लागेको छ ।

जनकपुरधामको शिवचोकस्थित मानकी होटेलमा बिहान १० बजेदेखि एक दिने बृहत् भारतीय शैक्षिक मेलाको आयोजना हुन लागेको कैरियर ड्रीम कन्सलटेन्सीका सञ्चालक राकेश साहले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

उनले सो भारतीय शैक्षिक मेलामा भारतका ख्याति प्राप्त विभिन्न २५ वटा कलेज, युनिर्भसिटी र इन्स्टिच्युटको स्टल रहने र सम्बन्धित प्रतिनिधिहरूले विद्यार्थी तथा अभिभावकलाई निशुल्क परामर्श दिने जानकारी दिए ।

सम्बन्धित प्रतिनिधिले नेपाली विद्यार्थीलाई दिइने सुविधा, फ्याकेल्टी, खर्च लगायतका बारेमा जानकारी दिनेछन् भने अन द स्पट एडमिशनको समेत व्यवस्था रहेको साहले बताए ।

मेलामा पुरल युनिभर्सिटी, चित्कारा युनिभर्सिटी, साना इन्स्टिच्यूट, आदित्य बिरला ग्रुप, क्वान्टम् युनिभर्सिटी लगायत म्यानेजमेन्ट, मेडिकल र इन्जियनियरिङ्ग फ्याकेल्टीका २५ वटा युनिभर्सटी तथा कलेजहरूको सहभागिता रहनेछ ।

इन्डिया एजुकेशनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामार्फत विद्यार्थी र अभिभावकलाई इन्डियन एजुकेशनको विस्तृत जानकारी प्रदान गरिने साहले जानकारी दिए ।

भारतका विभिन्न प्रान्तमा रहेका शैक्षिक संस्था एकैथलोमा रहेर जानकारी प्रदान गर्ने बताउँदै उनले मेलाको अवलोकनपछि विद्यार्थीहरुले सही विषय र सही शिक्षण संस्था छान्न सजिलो हुने बताए ।

उनले मेलामा विद्यार्थीलाई करिअर काउन्सिलिङका लागि सम्बन्धित शिक्षण संस्थाका डाइरेक्टर, प्रिन्सिपल र प्रोफेसर स्वयं उपस्थित हुने पनि जानकारी दिए ।

मेलामा इन्जिनियरिङ, म्यानेज्मेन्ट, मेडिसिन, फार्मेसी, होटल म्यानेज्मेन्ट, डिजाइन, फेसन टेक्नोलोजी, बायो टेक्नोलोजी, मेरिनलगायतका विषय अन्तर्गतका एक सय भन्दा बढी कोर्सको बारेमा विद्यार्थीलाई जानकारी दिइनेछ ।