एजेन्सी, १७ असार । भारतको महाराष्ट्रमा एकनाथ शिन्दे मुख्यमन्त्री नियुक्त भएका छन् ।

यसअघि मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार पदबाट राजीनामा दिए पछि शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् । उनले बिहिबार मुख्यमन्त्रीको सपथ लिएका छन् ।

यसअघि सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा महाराष्ट्रमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। भाजपा र शिवसेनाले चुनावी तालमेल गरे पनि मुख्यमन्त्रीको विषयमा विवाद भएको थियो ।

शिवसेनाले कांग्रेस र एनसीपीको समर्थनमा सरकार बनाएको थियो। तर अहिले आफ्नो समर्थनसहित भाजपा सरकारमा गएको हो ।