ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहममा अनुबन्धित

एजेन्सी, १७ असार । प्रिमियर लिग क्लब एभर्टनका ब्राजिलियन फरवार्ड रिचार्लिसन टोटनहममा अनुबन्धित भएका छन् ।
प्रिमियर लिगकै क्लब टोटेनहमले शुक्रबार रिचार्लिसनलाई ६० मिलियन पाउन्डमा अनुबन्ध गरिएको जनाएको हो ।
२५ वर्षीय फरवार्ड र क्लबबीच पाँच वर्षको सम्झौता भएको छ ।
इंग्लिस क्लब वाटफोर्डबाट सन् २०१८ मा एभर्टन पुगेका रिचार्लिसनले क्लबका लागि १५२ खेलमा ५३ तथा देशका लागि ३६ खेलमा १४ गोल गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


