एआइएफएफका महासचिव कुशल दासले दिए पदबाट राजीनामा

एजेन्सी, १७ असार । अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) का महासचिव कुशल दासले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो १२ वर्षदेखि एआइएफएफको महासचिवका रुपमा कार्यरत दासले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
सन् २०१० मा एआइएफएफको महासचिवमा नियुक्त भएका दासको कार्यकाल निकै विवादास्पद रह्यो र यस अवधिमा उनलाई धेरै आर्थिक अनियमितताको आरोप पनि लागेको थियो ।
यसअघि दासले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै २० दिनको छुट्टी लिएका थिए । केही भारतीय सञ्चारमाध्यमहरुका अनुसार महालेखा परीक्षकको अडिट रिर्पोटमा दासले धेरै आर्थिक अनियमिता गरेको पुष्टि भएकाले उनलाई भारतको प्रशासक समितिले कामबाट अलग राखेको थियो । दासमाथि लागेका यी आरोपहरुको हाल छानविन भइरहेको छ ।
सन् २०१० मा एआइएफएफसँग जोडिनुअघि दासले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को मुख्य वित्तीय अधिकारी (सिएफएफ) को रुपमा पनि काम गरेका थिए । दासको कार्यकालमा भारत तीन पटक एएफसी एसियन कपमा छनोट भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


