काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा शुक्रबार थप तीन जनामा हैजा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो संख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र ५ महिला छन् भने ५ जनाको उपचार भइरहेको जानकारी दिएका छ ।