काठमाडौं, १७ असार । नेपालमा पछिल्लो २४ घण्टामा ५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षण गर्दा ३५ र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार २१७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ४८० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २९१ जना होम आइसोलेसनमा र ६ जना संस्थागत आइसोलेसनमा छन् ।३ जनाको भने आईसीयूमा उपचार भइरहेको छ ।