५० लाखको लागतमा निर्माण गरिएको पोखरीको केरेटिङ वाल एकवर्ष नपुग्दै भत्कियो

सिरहा, १७ असार । सिरहाको विष्णुपुर गाउँपालिकामा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत ५० लाखको लागतमा निर्माण गरिएको पोखरीको केरेटिङ वाल एकवर्ष नपुग्दै भत्किएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नम्बर–२ स्थित राजपुर गाउँको सार्वजनिक पोखरीमा केही महिना अघि निर्माण गरिएको केरेटिङ वाल भत्किएको हो ।
५० लाख रुपैयाँको लागतमा गरिएको सौन्दर्यीकरणको काम मापदण्ड विपरीत अत्यन्त कमसल सामग्रीको प्रयोग गरेर व्यापक भ्रष्टाचार गरिएको स्थानीयले आरोप लगाएका छन् । कमसल सामग्रीको प्रयोग गरेर निर्माण गरिएकोले केरेटिङ वाल भत्किएको स्थानीयले बताए ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेशका थुप्रै स्थानमा भएको मठमन्दिर तथा पोखरी सौन्दर्यीकरणमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत फाइल झिकाएको छ ।
अख्तियारले छानविन थालेपछि मधेस प्रदेश सरकारले लाज छोप्न झण्डै एक वर्ष अघि मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको संयोजकत्वमा एक छानविन टोलि बनाएको थियो । तर छानविन टोलिले हालसम्म सो प्रतिवेदन तयार गरेको छैन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


