इन्डोनेसियामा ४ नेपाली बालबालिकालाई उपाधि

काठमाडौं, १६ असार । इन्डोनेशियामा आयोजना भएको ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२२’ नेपालका ४ बालबालिकाले उपाधि जित्न सफल भएका छन् ।
बाली शहरमा आयोजना भएको प्रतियोगितामा कर्मा कलसँग सुरुतेले ‘लिटिल प्रिन्स इन्टरनेशनल’, आयु खत्रीले ‘लिटिल प्रिन्सेज इन्टरनेशनल’, कृषा खड्गीले ‘लिटिल टिन इन्टरनेशनल’ शीर्ष उपाधि हात पारेका हुन् । ५ बालबालिका सहभागी प्रतियोगितामा यास्ना श्रेष्ठले बेष्ट फ्रेन्डसिप उपाधि जित्दा अर्का सहभागी रिदम नेपाल टप २ सम्म हुन सफल भएका थिए ।
१० बढी राष्ट्रका बालबालिका सहभागी प्रतियोगितामा ‘२४ देखि २५ जुनसम्म आयोजना भएको हो । सुतान एन्ड्रे (अन्तराष्ट्रिय फेसन डिजाइनर), तासिया (इन्डोनेसिया सुपर मोडल) र राज फैजु (अन्तर्राष्ट्रिय कोरियोग्राफर) प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
नेपाली कला संस्कृतिसहित नेपाली बालबालिकालाई उक्त प्रतियोगितामा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सहभागी गराएको हो ।
सबै प्रतियोगी बिहीबार साँझ स्वदेश फर्किने अन्तर्राष्ट्रिय फेसन कोच तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजुले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


