एजेन्सी, १६ असार । इटालियन क्लब युभेन्ट्सका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले क्लब छाडेका छन् ।

युभेन्ट्सले बिहीबार सामाजिक सञ्जालमार्फत डिबालाले क्लब छाडेको जनाउँदै उनलाई धन्यवाद दिएको छ ।

सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका डिबालाले क्लबका लागि २९२ खेलमा ११५ गोल गरे ।

युभेन्ट्सका लागि २८ वर्षीय डिबालाले ५ सिरी एसहित कुल १२ उपाधि जितेका छन् ।

त्यस्तै, युभेन्ट्सले स्पेनिस फरवार्ड अल्भारो मोराटाले पनि क्लब छाडेको जानकारी दिएको छ ।