काठमाडौं, १६ असार । नेपालमा पछिल्लो २४ घण्टामा ५५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ र १ हजार १६६ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १६७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७४ जना होम आइसोलेसनमा, ६ जना संस्थागत आइसोलेसनमा र ३ जना आईसीयूमा छन् ।