जनकपुरधाम, १६ असार । जनकपुरधाममा सवारी दुर्घटना हुँदा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

बिहिवार साँझ जनकपुरधामबाट यदुकुहातर्फ जाँदै गरेको अटो पल्टिँदा करिब आधा दर्जन व्यक्ति घाइते भएका हुन् ।

ज १ ह ४६८७ नम्बरको अटो पल्टिँदा दुर्घटना भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् ।

उनले रेल्वे एरियामा दुर्घटना भएको र घाइतेहरुको अवस्था सामान्य रहेको बताए ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।