जनकपुरधाम, १५ असार । शिक्षा क्षेत्रमा अतूलनीय योगदान पुर्याउँदै आएको जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयको प्रिस्कूल दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, विद्यालयका निर्देशक डा. सोनु साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।

समारोहमा नगरप्रमुख साहले नगरभित्रका शैक्षिक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताए ।

साहले विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग मोनाष्टिकले गरिरहेको कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।

यूकेजीबाट कक्षा १ मा प्रवेश गरेका प्रिस्कूलका २२० बालबालिकाको सहभागिता रहेको दिक्षान्त समारोहमा बालबालिकाहरुले विभिन्न प्रस्तुतीहरु गरेका थिए ।

नगरप्रमुख साहले बालबालिकाहरुलाई प्रमाण–पत्रसमेत प्रदान गरेका थिए ।