एजेन्सी, १५ असार । पूर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्स विम्बल्डन टेनिस प्रतियोगिताको पहिलो खेलमै पराजित भएकी छिन् ।

उनी गएराति भएको महिलातर्फ पहिलो चरणअन्तर्गतको खेलमा फ्रेन्च खेलाडी हार्मोनी टानसँग ३–१ को सेटमा पराजित भएकी हुन् ।

सेन्टर कोर्टमा टानले ७–५, १–६ र ७–६ (१०–७) ले खेल आफ्नो पक्षमा पारिन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्ने छिन् ।

चोटका कारण लामो समय कोर्ट बाहिर रहेकी ४० वर्षीया विलियम्स करिब एक वर्षपछि खेलमा फर्किएकी हुन् ।