एसियन कप आयोजनाका लागि दाबी पेस गर्ने समय थप

एजेन्सी, १५ असार । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी एसियन कप–२०२३ आयोजनाका लागि आयोजक राष्ट्रका लागि आह्वान गरेको बोलपत्रको समय थप गरेको छ ।
एएफसीले एसियन कप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेसको समय थप गरिएको जनाएको हो । एएफसीले १५ जुलाईसम्म दाबी पेस गर्न सकिने जनाएको छ ।
यसअघि ३० जुनसम्मको मिति तोकिएको थियो । चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको हो ।
कोरोना महामारीलाई कारण देखाउँदै चिनको फुटबल संघले आयोजकबाट नाम फिर्ता लिएको थियो । एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


