पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन

एजेन्सी, १५ असार । पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन भएको छ ।
६१ वर्षीय अभिनेत्रीको नदीमा डुबेर निधन भएको हो ।
उनको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ । पुलिस अधिकारीका अनुसार उनको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो ।
उनी पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको पुलिस अधिकारीको अनुमान रहेको छ ।
थियटरबाट फिल्म अभिनय सुरु गरेकी अभिनेत्रीले १९९२ मा ‘लव पोशन नम्बर ९’ बाट फिल्म डेब्यु गरेकी थिइन् । त्यसपछि थुप्रै फिल्म अभिनय गरेकी उनले टीभीमा पनि पहिचान बनाएकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


