स्वास्थ्यको १२ औँ तह बढुवाका लागि डाक्टरद्वय बराकोटी र मिश्राको नाम सिफारिस

काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह)मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि १ नम्बरमा डा. टंकप्रसाद बराकोटी र २ नम्बरमा डा. संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।
नाम सिफारिसमा पर्ने डा. बराकोटी मेची अस्पतालमा कार्यरत छन् भने डा. मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा कार्यरत छन् ।
स्वास्थ्यमा अहिले १२ औँ तहको एउटा पद रिक्त छ। मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन भुजेलले आज बसेको बढुवा समितिको बैठकले डा बराकोटी र डा मिश्राको नाम सिफारिस गरेको जानकारी दिए ।
स्वास्थ्यमा अहिले उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा भीमसिंह तिंकरीको स्थान खाली छ । सो स्थानमा बढुवा गर्नका लागि गत ६ चैतमै सूचना निकालेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


