काठमाडौं, १४ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ र ९४६ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने थप १७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २२९ जना सक्रिय संक्रमित छन् । जसमध्ये २२३ जना होम आइसोलेसनमा र ६ जना संस्थागत आइसोलेसनमा छन् ।
२ जनाको भने आईसीयूमा उपचार भईरहेको छ ।