फर्नान्डिन्हो एथलेटिको परानान्सेमा अनुबन्धित

एजेन्सी, १४ असार । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वकप्तान तथा मिडफिल्डर फर्नान्डिन्हो ब्राजिलियन क्लब एथलेटिको परानान्सेमा अनुबन्धित भएका छन् ।
सिजनको अन्त्यसँगै प्रिमियर लिग क्लब छाडेका ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो १७ वर्षपछि एथलेटिको फर्किएका हुन् ।
एथलेटिकोबाटै आफ्नो व्यवसायिक करिअर सुरु गरेका उनी सन् २००५ मा युक्रेनी क्लब शाख्तर डोनेट्स्क गएका थिए ।
सन् २०१३ मा शाख्तरबाट सिटी आएका उनले क्लबका लागि २६४ प्रिमियर लिग खेलमा २० गोल गरे । फर्नान्डिन्होले इतिहाद स्टेडियममा नौ वर्ष बिताउँदा पाँच प्रिमियर लिग तथा समान एक एफए कप र इएफएल कपको उपाधि जिते ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


