ग्यारेथ बेल लस एन्जलसमा एक वर्षका लागि अनुबन्धित

एजेन्सी, १४ असार । स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब लस एन्जलस एफसी अनुबन्धित भएका छन् ।
वेल्सका कप्तान समेत रहेका ३२ वर्षीय बेल फ्रि एजेन्टमार्फत लस एन्जलसमा एक वर्षको लागि अनुबन्धित भएका हुन् ।
क्लबले उनी अनुबन्ध भएको आधिकारिक जनाकारी गराएको हो । उनी सन् २०२३ सम्म लस एन्जलसमा रहनेछन् । बेलले थप एक वर्षको विकल्पसहित सम्झौता गरेका हुन् ।
सन् २०१३ मा इंग्लिस क्लब टोटेनहमबाट रियल आएका उनले सान्टियागो बर्नाबेउमा ९ वर्ष बिताउँदा क्लबका लागि २५८ खेलमा १०६ गोल गर्नुका साथै ६७ गोलको अवसर सिर्जना गरेका थिए ।
बेलले देशका लागि १०५ खेलमा २८ गोल गर्नुका साथै २२ गोलका लागि अवसर सिर्जना गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


