काठमाडौं, १३ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ र १ हजार २१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार ४०९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २०२ जना होम आइसोलेसनमा र ६ जना संस्थागत आइसोलेसनमा छन् । ३ जनाको भने आईसीयूमा उपचार जारी रहको छ ।