मुख्यमन्त्री योगी चढेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइयो

एजेन्सी, १२ असार । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।
लखनउ जाँदै गर्दा आइतबार होलिकोप्टरमा चरा ठोक्किएपछि वाराणसी (बनारस)मा आकस्मिक अवतरण गराइएको हो ।
मुख्यमन्त्री योगी र उनको साथमा रहेका सदस्यहरु सबै सुरक्षित छन् । उनलाई अर्को हवाई जहाजको व्यवस्था गरी लखनउ लगिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


