एजेन्सी, १२ असार । भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएको छ ।

इंग्ल्यान्डविरुद्धको एक टेस्टका लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिडको र्यापिड टेस्टको दौरान संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएपछि रोहित होटलमै सेल्फ आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमणका कारण ओपनर रोहितले इंग्ल्याण्डविरुद्धको टेस्ट गुमाउने सम्भावना बढेको छ ।

इंग्ल्याण्ड र भारतबीचको टेस्ट शुक्रबार सुरु हुँदैछ ।