क्यानद्वारा क्यानडा भ्रमणको खेल तालिका सर्वजनिक

काठमाडौं, १२ असार । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा भ्रमणको खेल तालिका सर्वजनिक भएको छ ।
क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले क्यानडामा एक अभ्यास तथा दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने छ ।
नेपालले ओन्टारियो क्रिकेट एकेडेमी क्लबसँग एक अभ्यास तथा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपालले अभ्यास खेल १ जुलाई तथा एकदिवसीय सिरिज ४ र ५ जुलाईमा खेल्नेछ ।
तीनै खेल क्यानडाको ओन्टारियोस्थित किंग्स सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । नेपाली टोली मंगलबार क्यानडा प्रस्थान गर्ने क्यानले जनाएको छ ।
नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबिया पनि सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप क्यानडामा खेल्न लागेको हो । सिरिज स्कटल्याण्डमा जुलाई १० देखि १७ सम्म हुनेछ ।
नेपालले ११ जुलाईमा नामिबियाविरुद्धको खेलबाट सिरिजको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा, तेस्रो खेल नामिबियाविरुद्ध १६ जुलाई र चौथो तथा अन्तिम खेल स्कटल्याण्डविरुद्ध १७ जुलाईमा खेल्ने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


