नर्वेको नाइटक्लबमा गोली चल्दा २ जनाको मृत्यु, कैयौं घाइते

एजेन्सी, ११ असार । नर्वेको राजधानी ओस्लोमा रहेको नाइटक्लब र वरपरको भीडमा अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
नर्वेजियन प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले यो जानकारी दिएको हो ।
प्रहरीले यस घटनामा एकजना संदिग्ध पक्राउ परेको र उसले एक्लै घटना गराएको हुनसक्ने बताएको छ ।
प्रहरीका अनुसार ओस्लोको प्रसिद्ध गे बार ‘लन्डन पब’ लगायत नजिकैको क्लब र सडकमा गोली प्रहार भएको थियो ।
गत वर्षको अक्टोबरमा नर्वेमा धनुष र बाणको आक्रमणमा परी धेरैको मृत्यु भएको थियो । यो महिना अमेरिकामा पनि गोलीबारीका धेरै घटनाहरू सार्वजनिक भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


