गर्भपात भएका महिलामा हृदयघात हुने सम्भावना उच्च

काठमाडौं, ११ असार । गर्भपात वा मृत बच्चा जन्माएका महिलाहरूको जीवनकालमा आघात हुने सम्भावना धेरै मात्रामा रहेको एक अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार गर्भपात भएका महिलालाई एक तिहाईसम्म आघात हुने सम्भावना रहेको छ ।
अध्ययनकर्ताहरूले मृत बच्चा जन्माउने, गर्भपात भएका तथा बाझोपन भएका महिलाहरूमा आघात हुने सम्भावनाको अध्ययन गरेका थिए । अध्ययनमा मृत बच्चा जन्माउने महिलामा ३१ प्रतिशत आघात हुने सम्भाना रहेको देखिएको हो ।
अध्ययनले बाँझोपन भएका र गर्भपात भएका महिलामा पनि आघातको उच्च जोखिम रहेको देखाएको छ ।
अध्ययनअनुसार तीनपटक वा सोभन्दा बढी गर्भपात भएका महिलामा ३५ प्रतिशत आघात वा पक्षघात हुने सम्भावना रहेको छ ।
यस्तै यस किसिमका महिलामा हुने आघातबाट मृत्यु हुने सम्भावना पनि बढी रहेको अध्ययनले देखाएको छ । सामान्य मानिसमा हुने आघातभन्दा बाँझोपन, गर्भपात र मृत बच्चा जन्माउने महिलामा हुने आघातको मृत्युदर बढी हुने देखिएको हो ।
–डेलीमेल
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


