ग्लेन म्याक्सवेललाई अस्ट्रेलियन टेस्ट टोलीमा बोलाइयो

एजेन्सी, ११ असार । अलराउण्डर ग्लेन म्याक्सवेललाई अस्ट्रेलियन टेस्ट टोलीमा बोलाइएको छ ।
क्रिकेट अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टका लागि म्याक्सवेललाई टोलीमा समेटेको हो ।
टार्भिस हेड चोटका कारण खेल्न नसक्ने भएपछि म्याक्सवेललाई टोलीमा मैका दिइएको हो । टार्भिसले श्रीलंकाविरुद्धको पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा घाइते भएका थिए ।
म्याक्सवेल २०१७ पछि पहिलो पटक टेस्ट टोलीमा समावेश भएका हुन् । श्रीलंका भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीसँग दुई खेलको टेस्ट सिरिज खेल्दैछ । पहिलो टेस्ट आगामी बुधबारदेखि सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


