गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुने

एजेन्सी, ११ असार । म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जिसस आर्सनलमा अनुबन्धित हुने भएका छन् । जिसस अनुबन्धका लागि आर्सनल र सिटीबीच सहमति भएको हो ।
ब्राजिलियन फरवार्ड अनुबन्धका लागि आर्सनल र सिटीबीच ४५ मिलियन पाउण्डको सहमति भएको बताइएको छ ।
२०१६ मा ब्राजिलियन क्लब पाल्मिरसबाट सिटी आए पनि उनले २०१७ मा क्लबसँग औपचारिक सम्झौता गरेका थिए ।
जिससले सिटीका लागि २१९ खेलमा ८५ गोल गर्नुका साथै ३१ गोलका लागि अवसर सिर्जना गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


