एजेन्सी, ११ असार । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी काल्भिन फिलिप्सलाई अनुबन्ध गर्न सहमत भएको छ ।

लिग विजेता सिटी अर्को प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मिडफिल्डरलाई ४५ मिलियन पाउण्डमा भित्र्याउन सहमत भएको हो ।

लिड्स एकेडेमीकै उत्पादन फिलिप्सले सन् २०१५ मा लिड्सको सिनियर टोलीका लागि डेब्यु गरेका थिए । उनले लिड्सका लागि २१४ खेल खेल्दा १३ गोल गरेका छन् ।

२०२०/२१ मा इंग्लिस वर्ष खेलाडी घोषित फिलिप्सले देशका लागि २३ खेल खेलेका छन् ।