शनिबार २७ नयाँ संक्रमित थपिए, १६ जना संक्रमणमुक्त

काठमाडौं, ११ असार । नेपालमा पछिल्लो २४ घण्टामा २७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षण गर्दा २३ र ८६५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमधेय १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।
योसँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् ।
अस्पतालमा भएकामध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


