मधेस प्रदेशका १२ सहित १९ गाउँपालिकाले अझै ल्याएनन् बजेट

काठमाडौं, ११ असार । मधेस प्रदेशका १२ सहित देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् ।
बजेट पेस नगर्नेमा मधेस प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ ।
असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र संघीय कानुनमा व्यवस्था छ । बजेट नल्याएका गाउँपालिकाले पनि केही दिनमै सभा गरी बजेट ल्याउने महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


