परिवार योजना कार्यक्रममा सरकारले लगानी बढाउन आवश्यक रहेको सरोकारवालाहरुको भनाइ

काठमाडौं, १० असार । परिवार योजना कार्यक्रममा सरकारले लगानी बढाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
परिवार कल्याण महाशाखाले आयोजना गरेको पत्रकार अन्तरक्रियामा सेवाको समतामूलक पहुँचका लागि सरकारले थप लगानी गर्नुपर्ने उनीहरुले बताएका हुन् ।
महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले परिवार योजना सेवाले व्यक्ति र दम्पत्तिको शिक्षा, वृत्ति विकास, सशक्तिकरण र आर्थिक उत्थानमा मद्दत पुर्याउने बताइन् ।
परिवार योजना सेवाले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । परिवार योजना सेवा साधनको प्रयोग गर्नु मात्र नभई प्रजनन् स्वास्थ्य अधिकारको विषय भएको उनको भनाइ थियो । स्थानीय तहका जनप्रतिनिधिले परिवार योजना सेवालाई कम प्राथमिकतामा राख्ने गरेकोसमेत उनले बताइन् ।
२०१६ को तथ्यांकअनुसार नेपालमा २ दशमलव ३ प्रतिशत कुल प्रजनन् दर छ । सन् १९९६ देखि २०१६ मा गर्भ निरोधक साधनको परिपूर्ती माग ३१ बाट २४ प्रतिशतमा झरेको महाशाखाले जनाएको छ ।
शहरी क्षेत्रमा २००१ देखि कुल प्रजनन् दर स्थिर रहेपनि ग्रामीण क्षेत्रमा प्रजनन् दरमा कमी आएको अर्यालले बताइन् । हाल आधुनिक परिवार योजना सेवाको प्रयोग ४३ प्रतिशत छ। यो संख्या ६० प्रतिशतसम्म पु¥याउने सरकारको दिगो विकास लक्ष्य छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले जनसंख्या कम हुँदैमा परिवार योजनाका कार्यक्रम बन्द गर्न नहुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


