काठमाडौं, १० असार । नेपालमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १ हजार ७०३ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।त्यस्तै, ९ लाख ६७ हजार ३५६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १७७ जना होम आइसोलेसनमा, ४ जना संस्थागत आइशोलेसनमा र २ जना आईसीयूमा उपचाररत रहेका छन् ।

१ जनाको भने भेन्टिलेटरमा उपचार भइरको मन्त्रालयले जनाएको छ ।