एजेन्सी, १० असार । स्पेनिस ला लिगाको नयाँ सिजनका लागि खेल तालिका सार्वजनिक भएको छ ।

ला लिगाले सार्वजनिक गरेको तालिका अनुसार लिगको नयाँ सिजन १२ अगस्टबाट सुरू हुनेछ ।

सिजनको पहिलो दिनमा ओसासुनाले सेभिया, एथ्लेटिको क्लब बिल्बाओले मार्लोका तथा प्ले अफ मार्फत ला लिगमा बढुवा भएको जिरोनाले भ्यालेन्सियाको सामना गर्नेछन् ।

साविक विजेता रियल मड्रिडले अलमेरियासँगको खेलबाट सिजनको सुरूवात गर्नेछ । बार्सिलोनाले सिजनको पहिलो खेल रायो भ्लेकानोको सामना गर्नेछ । दुवै खेल १४ अगस्टमा हुनेछन् ।

सिरजनका पहिलो एल क्लासिको भिडन्त १६ अक्टोबरमा रियलको घरेलु मैदान सायान्टियागो बर्नाबेउ तथा दोस्रो खेल १९ मार्चमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।