पउल पोग्बा इटालियन क्लब युभेन्ट्स फर्कने पक्का

एजेन्सी, १० असार । फ्रेन्च मिडफिल्डर पउल पोग्बा इटालियन क्लब युभेन्ट्स फर्कने पक्का भएको छ ।
म्यानचेस्टर युनाइटेडसँगको सम्झौता समाप्त भएसँगै फुकुवा भएका पोग्बालाई युभेन्टसले ‘फ्रि ट्रान्सफर’ मा भित्र्याउने निश्चित भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई पक्षबीच सम्झौताको सम्पूर्ण तयारी भइसकेको छ । पोग्बा बिदाबाट फर्किनासाथ सम्झौता हुनेछ । सार्वजनिक खबरहरूका अनुसार सम्झौताको आधिकारिक घोषणा केही दिनमै हुनेछ ।
पोग्बा ६ वर्षपछि इटालियन क्लब फर्किन लागेका हुन् । उनी सन् २०१६ मा तत्कालिन कीर्तिमानी मूल्य ९० मिलियन युरोमा इङ्लिस क्लब अनुबन्धित भएका थिए ।
त्यसअघि पोग्बाले सन् २०११/०१२ को सिजन युनाइटेडमा नै बिताएका थिए । उनले ओल्ड ट्राफोर्डमा ६ वर्ष बिताउँदा १५४ प्रिमियर लिग खेलमा २९ गोल गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


